प्रचण्डले एक्लै भेटे सी चिनफिङलाई

  

असोज २६, काठमाडौं । दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ अहिले राजनीतिक भेटवार्तामा व्यस्त छन् ।   

शनिबार साँझ प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका सी चिनफिङ आज नेकपा नेताहरुसँग सामूहिक भेटघाटमा व्यस्त रहेका हुन् ।   

यस्तैमा उनी र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सोल्टी होटेलमा नेकपाका सचिवालयका ७ जनासँग केही समय सामूहिक भेटपछि सीलाई प्रचण्डले एक्लै भेट गरेका हुन् ।   

सचिवालयका सदस्यहरुसहिकोत सामूहिक भेट्नुअघि बिहान साढे १० बजे प्रचण्डले सीसँग ‘वान टू वान’ भेट गरेको उनी निकट एक सचिवालय सदस्यले जानकारी दिए । शनिबार काठमाडौं आएका हुन्। राष्ट्रपति सीसँग प्रचण्डको यो चौथो भेट हो । 

अहिले सामुहिक भेटवार्ता जारी छ । आज दिउँसो १ बजे स्वदेश (चीन) फर्कने कार्यक्रम छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *