‘राजनीति यस्तै हो, हेर्दै जाऊँ कसरी कोल्टे फेर्छ’

असोज २६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको समृद्धिको आकांक्षा पूरा गर्नु नै अहिलेको मुख्य एजेण्डा रहेको बताएका छन् ।   

नेपाली कांग्रेसद्वारा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन् ।   

कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाली कांग्रेससँग सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य प्रतिबद्धता व्यक्त गरे ।   

उनले भने, ‘नेपाली कांग्रेससँगको हाम्रो सम्बन्ध राम्रो छ । हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ । मलाई विश्वास छ, हाम्रो सहकार्य जारी रहनेछ । हामी सहयात्रीकै रुपमा निरन्तर अघि बढिरहनेछौँ ।’ 

राजनीतिमा असम्भव भन्ने केही नरहेको स्पष्ट पार्दै उनले असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीहरु मिलेर सम्भव बनाउन सकिने बताए ।   

‘राजनीति यस्तै नै हो । मैले भन्ने गरेको छु, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीको नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिन्छ भन्ने कुराको एउटा ठूलो दृष्टान्त पछिल्लो चरणमा दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शुरु गरेको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र हामीहरुको बीचमा भएको सहकार्य र सहयात्राको एउटा नयाँ अभियानले प्रमाणित गरेको छ’, प्रचण्डले भने ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *