‘बीच्च बीच्चमा’बाट नाम कमाएका गायक दुर्गेश बिरुद्ध उजुरी
कार्तिक ४, काठमाडौँ । सर्वाधिक रुचाईएको ‘बीच्च बीच्चमा’ बोलको गीतका गायक दुर्गेश थापा बिरुद्ध उजुरी दर्ता भएको छ ।
तिहारलाई लक्षित गरेर निकालिएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेर विवादमा तानिएका गायक थापा बिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको हो ।
सार्वजनिक गरिएको उक्त गीतमा तिहारको माहोल नै बिग्रने गरी ‘ह्याप्पी तिहार, चिसो वियर’ मा, ‘खोइ निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शब्दहरु समावेश गरिएपछी उनी बिरुद्ध उजुरी दर्ता भएको हो ।
उक्त गीतको म्यूजिक भिडियोमा युवायुवतीहरु वीयर पिएर झुमिरहेको दृश्य समावेश समेत गरिएको छ । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको जिप्रकाले महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
उनी बिरुद्ध उजुरी परेपछी धेरैले उनलाई सामाजिक संजालको कमेन्ट बक्समा ठिक्क पर्यो भन्ने कमेन्ट समेत गरेका थिए । यस्तो कमेन्ट आएपछी उनले कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।
यस विषयमा थापालाई यूट्यूवबाट गीत हटाउनु हुन्छ भन्ने प्रश्न गर्दा उनले भने ‘प्रहरी ले जे भन्नुहुन्छ त्यही गर्छु ।’