सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

असोज २९, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पार्वत गुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।   

जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले ‘ज्यान मार्ने प्रयास गरेको’ भनि गुरुङसमक्ष तामेल गरेको हो । मुद्दामा बयान दिनका लागि ३५ दिने म्याद जारी भएको छ। यदि ३५ दिनभित्र अदालत उपस्थित नभए गुरुङलाई पक्राउ गर्न बाटो खुल्नेछ। 

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।   

Image result for पार्वत गुरुङ

खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गुरुङिसहित ७  जनाविरुद्ध २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा कर्त्व्य ज्यान मुद्दा दायर भएको थियो। सो मुद्दामा सुनुवाई गर्दै अदालतले बयानका लागि बोलाएको हो।   

सांसद गुरुङले आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकार्दै त्यसलाई आफूले सहज रुपमा लिएको बताए । ‘राजनीतकि मुद्दा हो । ठुलो कुरो होइन । मैँले यसलाई सहज रुपमा लिएको छु’, उनले भने ।   

उक्त आरोप प्रमाणित भए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ। 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *