महरा–शाही प्रकरण ब्रेक गर्ने पत्रकारलाई सुरक्षा दिन प्रेस युनियन सुनसरीको आग्रह

असोज १६, काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले संसद सचिवालयकी कर्मचारी रोशनी शाही र सभामुख कृष्णबहादुर महराको यौन काण्ड ब्रेक गर्ने पत्रकार अजयबाबु शिवाकोटीलाई सुरक्षा दिन सरकारसँग आग्रह गरेको छ ।   

रोशनीले सभामुख महरामाथि  बलात्कारको आरोप लगाएकी थिइन् । सो समाचार बाहिर ल्याएपछि हाम्रा कुरा डटकमका प्रधानसम्पादक तथा नेपाल प्रेस युनियनका महासचिव समेत रहेका पत्रकार शिवाकोटीमाथि सुरक्षा थ्रेट बढेको बताइएको छ । समाचार लेखेकै भरमा पत्रकारमाथि आक्रमणको प्रयास गरे आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।   

विज्ञप्तिमा भनिएको छ, ‘लालेकतन्त्रमा समाचार लेखेकै भरमा पत्रकार असुरक्षित हुनु गम्भीर विषय हो । सामाजिक सञ्जालहरुमा पत्रकारलाई तल्लो स्तरमा गालीगलौज समेत गरिएकोप्रति हामी आपत्ति प्रकट गर्दछौँ । पत्रकारको सुरक्षा व्यवस्था गर्न सरकारसँग अपिल गर्दछौँ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *