कांग्रेस प्रवक्ता भन्छन्– १७ गते साँझसम्म उम्मेदवार घोषणा गरिन्छ

कार्तिक १४, काठमाडौं । नेपाली कांग्रेसले आउँदो उपनिर्वाचनको उम्मेदवार १७ गते आइतबार टुंगो लगाउने भएको छ ।   

बिहीबार बुढानिकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले कार्तिक १७ गते कास्कीको प्रतिनिधिसभा र दाङ, बागलुङ, भक्तपुरको प्रदेशसभा उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।   

उनले सामाजिक सञ्जालमार्फत् उक्त निर्णयबारे जानकारी गराएका हुन् । बैठकले भोलि (शुक्रबार) केन्द्रीय समिति बैठक डाक्ने निर्णय समेत गरेको छ ।   

उनले ट्वीटरमा लेखेका छन्, ‘जागरण अभियानको दुवै चरणमा खटिनु भएका केन्द्रीय प्रतिनिधिहरु सहित पार्टी पदाधिकारी बैठक सम्पन्न हुँदै । भोलि १५ गते केन्द्रीय समिति बैठक । सम्भवत १७ गते साँझसम्म उम्मेदवार घोषणा हुने ।’ 

आजको बैठकमा जागरण अभियानको दुवै चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसहित पार्टी पदाधिकारी बैठक बसेको थियो ।   

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *