‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ योजनाको लक्की ड्र

असोज १५, काठमाडौं । यूनाईटेड सिमेन्टस्को ग्राहक योजना ‘यूनाईटेड सिमेन्टस्को उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र गरिएको छ । हिजो असोज १४ गते दिउसो २ः३० बजे काठमाडौँ त्रिपुरेश्वरको डिइसिसि हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी लक्की ड्र गरिएको हो ।   

गत बैशाख २०७६ देखि असार मध्य २०७६ सम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) युएई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाईको सेन्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिएको छ ।   

यस अनुसार कुपन नं. १५७८७ ले सेन्ट्रो कार जित्न सफल भएका छन् । भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ युएई भ्रमणको विजेता बनेका छन् । उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचयपत्र सहित २०७६ कात्र्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरि उपहार दाबी गरिसक्नु पर्नेछ । 

कार्यक्रममा यूनाईटेड सिमेन्टस्का प्रबन्ध निर्देशक विकास दुगडले बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबर्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *