वरिष्ठ नेता खनाल र अमेरिकी राजदूत रेड्डी बेरीबीच भेटर्वाता

असाेज १७, काठमाडाैँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन  राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेकाछन् । 

खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।   

अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको जनाए । 

भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *