सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु, ४० भन्दा बढी घाइते

असोज २४, काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका हुन् ।   

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको सिन्धुपाल्चोकमा कार्यरत नेपाल प्रहरीका डीएसपी माधव काफ्लेले जानकारी दिए । 

डीएसपी काफ्लेले दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको बताए । बसमा सवार ५० यात्रुमध्ये अधिकांश घाइते छन् । ‘घाइते सबैलाई प्रहरी, स्थानीयलगायतको सहयोगमा उद्धार गरी विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ । 

null

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । डीएसपी काफ्लेका अनुसार बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *