छोरी बलात्कार गर्ने बुवा पक्राउ
कार्तिक ६, बीरगञ्ज । पर्सा प्रहरीले मादक पदार्थ सेवन गरी आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक बुवालाई पक्राउ गरेको छ ।
१५ वर्षिय छोरी बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार राती मादक पदार्थकाे नसामा आफ्नै छोरीलाई बलात्कार गरेपछी टोलमा होहल्ला भएको थियो भने मंगलबार त्यस पुरुष बिरुद्ध उजुरी दर्ता भएको थियो । उजुरी परे लगतै पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।
पिडित किशोरीमाथी बारम्बार बालात्कार भएको खुल्न आएको प्रहरीले जनाएको छ । किशोरीको आमा रोजगारीको शिलशिलामा परदेश भएको कारण यसैको मौका छोपी बुवाले बारम्बार बलात्कार गर्ने गरेको किशोरीले बताएकी छिन् ।
पक्राउ परेका ति पिडक पुरुषमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।