लायन्स क्लब अफ विराटनगरको रक्तदान कार्यक्रम
मकालु खबर
२०७६ कार्तिक ७ गते
कात्तिक ७, विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टीभको आयोजना र भाटभटेनी सुपरमार्केटको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगरको ब्लड बैंकमा रगतको अभाव भएको कारण बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लब एक्टीभका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले बताए । कार्यक्रम अवधिभरमा ३० पाउन्ड रगत खपत भइसकेको पोखरेलले जानकारी दिए ।
ब्लड बैंकमा हाल ए पोजेटिभ, बी पोजेटिभ, ए बी पोजेटिभ समूहका रगत अभाव रहेको उनले बताए । ब्लड बैंकबाट दैनिक ६० देखि ६५ पाउण्ड रगतको मााग हुने र ५० देखि ५५ पाउण्ड विभिन्न समूहका रगत बैंकमा स्टक राखिने रक्तसंचार सेवा केन्द्रका प्राविधिक इन्चार्ज शिवनन्द यादवले जानकारी दिए । दैनिक ३० देखि ३५ पाउण्ड रगत खपत हुने यादवले बताए ।
null
मकालु खबर
२०७६ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित