कुमारी बैंकले एकैदिनमा खोल्यो थप ७ शाखा

असोज १६, काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर एकैदिन ७ नयाँ शाखा विस्तार गरेको छ ।   

काठमाडौंस्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा गरे ।   

यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनगरे भने काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे ।   

बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ ।   

उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउ‘बाट भएतापनि मोबाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ । 

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९३ एटिएम्,, ८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा ३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *