राष्ट्रपति सी आउनुपूर्व विमानस्थल निरीक्षण गरेर फर्कियो चिनियाँ विमान
मकालु खबर
२०७६ असोज १५ गते
फाइल तस्विर
असोज १५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ पीङको नेपाल भ्रमणका लागि चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण गरेर फर्किएको छ ।
चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका लागि बोइङ ७४७ को ८०० सेरिजको जहाज अवतरण–उडान को पूर्व परीक्षण गरेर फर्किएको हो ।
बुधबार गरिएको परीक्षण उडानमा जहाजको चालक दलको सहभागिता रहेको विमानस्थलका एक उच्च पदाधिकरीले जानकारी दिए । ती अधिकारीका अनुसार आज दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको चिनियाँ विमान दिउँसो ३ः१० बजे चीन फर्किसकेको छ ।
चिनियाँ राष्ट्रपति सी असोज अन्तिमतिर नेपालको भ्रमणमा आउने तय भएको छ । उनको सुरक्षाका लागि जहाजले विमानस्थलको रन–वे, पार्किङ–वे लगायतका व्यवस्थापनको अध्ययन गरेको हो।
मकालु खबर
२०७६ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित