महरालाई ३ दिनको म्याद, म्याद थपपछि पुनः अस्पतालमै फर्काइयो
असोज २८, काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
थप अनुसन्धानका लागि म्याद थप गर्न महरालाई आज काठमाडौं जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको हो ।
न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले अनुसन्धानको लागि अदालतसँग १३ दिनको समय मागेको थियो । आजसम्मका १० दिनको पनि जोडिने गरी अदालतले ३ दिनको म्याद थप गरेको हो
अव ३ दिनको म्याद थप पछी महरालाई अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्नेछ ।
प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि हाल नर्भिक अस्पतालमा उपचाररत महरालाइ म्याद थप पछि पुनः अस्पताल फर्काइएको छ ।