संसद सचिवालयको वेबसाइटबाट हटाइयो महराको नाम

असोज १५, काठमाडौं । संघीय संसद सचिवालयको वेबसाइटबाट सभामुख कृष्णबहादुर महराको नाम हटाइएको छ ।   

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुव्र्यवहारको आरोप लगाएपछि पार्टीको सुझाव अनुरुप सभामुख महराले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएलगत्तै बुधबार दिउँसो संसद सचिवालयले वेबसाइटबाट महराको नाम हटाएको हो ।   

बुधबार संसद सचिवालयमा उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना समेत टाँसिएको थियो ।   

महराले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष छानबिन प्रक्रियालाई सघाउने भन्दै मंगलबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै  हाललाई सभामुखको पद रिक्त भएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *