नक्कली चाँदी सहित इमाडोल तिलहरि ज्वेलर्सका सञ्चालक पक्राउ
मकालु खबर
२०७६ असोज १७ गते
असोज ७, काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली चाँदी सहित एक सुन पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको इमाडोलका तिलहरि ज्वेलर्सका सञ्चालक ३३ वर्षीय राज सापकोटा रहेका छन् ।
धादिङ घर भइ हाल महालक्ष्मी–११, इमाडोल बसोबास गर्दै आईरहेका सापकोटालाई सक्कली चाँदी भनेर नक्कली चाँदी बेच्न लागेको अवस्थामा १५ किलो नक्कली चाँदी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरिएको र हाल उनीमाथी अनुसन्धान भईरहेको छ ।
मकालु खबर
२०७६ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित