सभामुखमाथीकाे आरोपकाे निष्पक्ष छानविन गर्न कोइरालाकाे माग
मकालु खबर
२०७६ असोज १४ गते
असोज १४, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथी लागेको यौनदुर्व्यवहारको आरोपकाे निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका हुन् । महामन्त्री कोइरालाले भने ‘सभामुखमाथि गम्भीर आरोप लागेको छ । यसमा निश्पक्ष छानविन होस् ।’
महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि ‘रेप’ गरेको भन्ने आरोप गम्भिर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानविन गरेर आवश्यक निर्णय लिनुपर्ने बताए ।
सभामुख कृष्णबहादुर महरामाथी संसद सचिवालयकै महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछी महराले मंगलबार आफ्नो पदबाट राजीनामा समेत दिएका छन् ।
मकालु खबर
२०७६ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित