सभामुख महराद्वारा राजीनामा
असोज १४, काठमाडौँ । संसद सचिवालयकै महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनीमाथी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रकाे दबाब बढेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । तर उनले भने निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् । यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलायमा बसेको बैठकमा महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिने निर्णय गरेको थियो ।
सभामुख महरामाथी यौनदुर्व्यवहारकाे आरोप ती महिलाले लगाए पनी तर महराले भने यस कुराको खण्डन गर्दै आफूले कुनै ती महिलालाई यौनदुर्व्यवहार नरेको भन्दै दावी गरेका थिए । यसै सम्बन्धमा उनले सोमबार एक विज्ञप्ती जारी गरेका थिए जसमा यी महिलाले लगाएको आरोप यी कपोलकल्पित, सत्यता नभएको उल्लेख गरिएको थियो ।