पाँच देश सम्मिलित टी–२० क्रिकेट खेल्न नेपाली टोली ओमानमा

असोज १७, एजेन्सी । पाँच देश सम्मिलित टी–२० क्रिकेट सिरिजका लागि नेपाली क्रिकेट टोली ओमान पुगेको छ ।  ओमानमा हुने खेलका लागि सिंगापुरबाट श्रीलङ्का हुँदै नेपाली क्रिकेट टोली विहीबार राति ओमान पुगेको हो।   

सिंगापुरमा भएको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार बेहोरेको थियो तर दोस्रो खेलमा भने घरेलु टिममाथि ९ विकेटको सानदार जित निकालेको थियो । यस्तै तेस्रो खेलमा नेपाल फेरि जिम्बाब्वेसँग नै ४० रनले हर्नु पर्यो । विहीबार अन्तिम खेलमा सिंगापुरलाई हराउँदै जिम्बाब्वेले त्रिकोणात्मक सिरिजको उपाधि जितेको छ । 

अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्सले खेल्ने छन् । नेपालले पहिलो खेल अक्टोबर ६ तारिखमा  हङकङसँग खेल्ने छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *