एनआईसी एशिया बैंककोे डेबिट तथा क्रेडिट कार्ड भारतका एटीएममा सञ्चालन हुने

असाेज १७, काठमाडौं ।  एन आई सी एशिया बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड पुनः भारतीय बैंकका एटिएम संचालन हुने भएकाे छ ।  

केही समयको लागि  बैंकको एटीएम मेसिनहरुबाट मात्र सञ्चालन भइरहेकोमा असोज १८ देखि नेपाल तथा भारतका भिसा नेटवर्कमा आवद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने एटीएम मेसिनहरुमा समेत संचालन हुने व्यवस्था मिलाइएको छ ।   

बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा तीन पटक गरी हरेक पटक २० हजारका दरले अधिकतम ६० हजार रकमसम्म झिक्न सकिन्छ । यसै गरी भारतमा २४ घण्टामा दुई पटकमा गरीे हरेक पटक भा. १० हजारका दरले अधिकतम भा. १५ हजार रुपैयाँसम्म झिक्न सकिन्छ । 

Image result for एनआईसी एशिया बैंक

यससँगै यस बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएस मेसिनहरुमा समेत चल्ने व्यवस्था यसअघि नै मिलाएको बैंकले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *