पोखरामा बस दुर्घटना हुँदा ३० घाइते

फाेटाे फाइल 

असोज १७, पोखरा । शुक्रबार बेगनासबाट पोखरा आउँदै गरेको ग १ख ४७७१ नंको बस दुर्घटना भएको छ ।   

पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा भएकाे यस दुर्घटनामा ३० जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणले जनाएको छ । 

Image result for बस दुर्घटनाः

उनका अनुसार घाइतेहरुकाे पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सडकबाट झण्डै ६० फिट तल खसेर दुर्घटना भएको उक्त बस के करणले दुर्घटना हुन पुग्यो कारण भने खुल्न नसकिएको प्रहरीले जनाएको छ ।   

हाल घटनाकाे प्रहरीले अनुसन्धान गरी रहेको र घटनाबारे थप बिवरण आउन बाँकी नै रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *