‘छली रहेछ’को लिरिकल भिडियो सार्वजनिक
मकालु खबर
२०७६ असोज २९ गते
असोज २९, काठमाडौं । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छली रहेछ’ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।
गीतमा संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौं चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक आनन्द कार्कीको नयाँ गजल ‘छली रहेछ’ सार्वजनिक भएको हो ।
अमेरिका निवासी बरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम कोरिसकेकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् ।
भिडियो हेर्नुहोस
मकालु खबर
२०७६ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित