दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत युट्यूबबाट हटाईयो
कार्तिक ५, काठमाडौँ । तिहार गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ कारण पक्राउ परेका गायक दुर्गेश थापाको उक्त गित युट्यूबबाट हटाईएको छ । गीतमा भएको शब्दका कारण पक्राउ परेका दुर्गेशलाई युट्यूबबाट उक्त गीत हटाएसँगै प्रहरीले छाडेका छन् ।
तिहारको मौका छोपेर सार्वजनिक गरिएको उक्त गीतमा सामाजिक बिकृती पैदा गर्ने खालका शब्द भएपछी उनी बिरुद्ध सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार उजुरी परेको थियो ।
प्रहरीमा उजुरी परेपछी मंगलबार उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको थियो । थापाको च्यानलबाट उक्त गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।
यूट्यूवबाट हटाईएको उनको सो गितमा समाजमा बिकृती फैलाउने खालको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्दहरु समावेश गरिएको थियो ।
प्रहरीले उक्त गीत यूट्यूवबाट हटाउने सहमती भएपछी उनलाई छाडेका हुन् । उनले प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको बताउँदै उनले भने ‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ ।’