कालिकाबाट नगद सहित ६ जना जुवाडे पक्राउ

असोज २०, चितवन । दशैंको दिन जुवातास खेल्ने ६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आज चितवन प्रहरीले अपरान्ह ५ बजेको समयमा  चितवन कालिका न.पा.१ डडुवा स्थित सुवास श्रेष्ठको घरमा तास खेली रहेको अबस्थामा ६ जनालाई नगद सहित पक्राउ गरेको हो ।   

पक्राउ पर्नेहरुबाट ३ बुक तास र नगद रु ३६ हजार ३ सय २५ समेत नियन्त्रणमा लिई ईप्रका टांडीमा अनुसन्धानको लागि राखिएको चितवन प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कालिका न.पा.१ बस्ने बर्ष ४२ को हरि गुरुङ, सोहि स्थान बस्ने बर्ष ३२ को भिम बहादुर तामाङ, बर्ष ३८ को जीवन लामा, बर्ष ३२ को बिष्णु गुरुङ, बर्ष २७ को सुवास श्रेष्ठ र बांके नेपालगन्ज न.पा. ४ बस्ने बर्ष ६० को सन्त बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *