नदी तटबन्धनका लागि ६ अर्व: मन्त्री पुन
कार्तिक ६ चितवन । उर्जा मन्त्री वर्षमान पुनले नारायणी र राप्ती नदी तटबन्धनका लागि ६ अर्व बराबरको बजेत बिनियोजन गरिएको बताएका छन् ।
भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धसम्बन्धी बुधवार आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करीब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट बिनियोजन गरिएको बताएका हुन् ।
नारायणी नदी तटबन्धलाई प्रामिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई सो अवसरमा मन्त्री पुनले निर्देशन समेत दिए । अबको विकास साझेदारी मोडलमा अगाडी बढाउँदा आशातित उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो । उर्जा मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट लाइटको अवधारणालाई अगाडि बढाइएको बताएका छन् ।
मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न लागिएको समेत बताए ।