मनाङमा ३५ करोडको सुविधासम्पन्न अस्पताल बन्दै

असोज १४, काठमाडौं । हिमाली जिल्ला मनाङमा सुविधा सम्पन्न अस्पताल चीन सरकारले बनाईदिने भएपछि मनाङबासी गौरन्वान्ति बन्न पुगेका छन् । ३५ करोड रुपैयाको लागतमा चीन सरकारले उक्त अस्पताल बनाईदिन प्रकृया अगाडि बढाएपछि मनाङबासीहरु खुशि देखिएका हुन् ।   

हालै चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण हुँदा चीन र नेपाल सरकारका उच्च अधिकारीहरुबीच मनाङमा चाईना सरकारद्वारा एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

   २०७० सालको संविधान सभाको दोश्रो निर्वाचन सम्पन्न हुँदा मनाङबाट निर्वाचित भएका तत्कालीन् सभासद् टेकबहादुर गुरुङले यसको शुरुवात गरेका थिए । चीनसँग नाका जोडिएका हिमाली जिल्लाका सभासद्हरुलाई नेपालका लागि चीनका राजदूत उ चुन्ताईले बधाई तथा शुभकामना दिन एउटा भेटघाट कार्यक्रमको आयोजना गरेका थिए ।   

राजधानीको होटल याक एण्ड यतिमा आयोजित उक्त कार्यक्रममा राजदूत चुन्ताईसँगै चाईनिज राजदूताबासमा कार्यरत चीन सरकारका मुख्य राजनीति तथा सूचना अधिकारी पेङ वेन्लिन, प्रशासनिक अधिकारी वाङ जियन्फेइ र राजनीतिक तथा प्रेस हेर्ने तृतीय सचिव छु लिली सहभागी थिए भने नेपालका हिमाली जिल्लाहरुबाट अधिकांश सभासद्हरुको उत्साहजनक सहभागिता रहेको थियो । यसबाट मनाङका सभासद् टेकबहादुर गुरुङको चिनियाँ दूताबाससँग सम्पर्क विस्तार हुन शुरु भयो । 

 नेपाली कांग्रेसका सभापति शुशिल कोईरालाको नेतृत्वमा गठित मन्त्री मण्डलमा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी लिएका राज्यमन्त्री टेकबहादुर गुरुङले हिमाली जिल्ला मनाङको जनप्रतिनिधिको हैसियतले आफ्नो जिल्लामा सडक कालोपत्रे गर्ने, शिक्षा सुधार गर्ने र सुविधा सम्पन्न एक अस्पताल निर्माण गर्नका लागि चीन सरकारको सहयोगको अपेक्षा रहेको पत्र दूतावासमा पेश गरेका थिए । उक्त प्रस्ताव राजदूतावासद्वारा चीन सरकारसमक्ष पेश गर्ने आशय तत्कालीन् राजदूत उ चुन्ताईले देखाएका थिए । आपूm मन्त्री मण्डलमा हुँदा चाईनिज दुतावासका अधिकारीहरुसँग सभासद् गुरुङले मनाङका सामाजिक विकासमा योगदान पुर्याउँदै आएको मनाङ समाज सेवा समितिका अध्यक्षलगायत कार्यसमितिका सदस्यहरुलाई सम्पर्क गराएका थिए । त्यसपछि मनाङ समाज सेवा समितिको चीन दूताबाससँग निरन्तर सम्पर्क रहेको थियो ।   

 पछि नेपालका लागि चीनका नयाँ राजदूत यु होङ आएपछि तत्कालीन् नेकपा एमालेका नेता पूर्व पर्यटन मन्त्री आनन्द पोखरेलको संयोजकत्वमा हिमाली जिल्लाका सांसदहरुका साथै नेपालका ठूला राजनीतिक दलहरुको प्रतिनिधित्व हुने गरी चिनियाँ राजदूताबाससँग राजधानीकै होटल अन्नपूर्णमा एउटा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका रामशरण महत, तत्कालीन् नेकपा एमालेबाट इश्वर पोखरेल र नेकपा माओवादीबाट टोपबहादुर रायमाझीको सहभागिता रहेको थियो । सहभागीहरुले नेपाल र चीनबीचको सम्बन्ध र सहयोगका विषयमा आ–आफ्ना धारणा ब्यक्त गरेका थिए । 

त्यसैगरी हिमाली जिल्लाबाट सहभागी भएका अन्य सांसदहरुले पनि आ–आफ्ना धारणा राखेका थिए । सोही कार्यक्रममा हिमाली जिल्ला मनाङबाट संविधान सभाको दोश्रो निर्वाचनमा पराजित राप्रपाका उमेदवार त्रिपाल गुरुङको पनि सहभागिता रहेको थियो । त्यसैक्रममा हिमाली जिल्लाका तर्पmबाट रुपान्तरित संसदमा मनाङका सदस्य पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले चीन सरकारबाट हिमाली जिल्ला मनाङले विगत ५० वर्षदखि अहिलेसम्म केही पनि सहयोग नपाएको जानकारी गराएका थिए । बरु ५० वर्षअघि अर्थात तिब्बत चीनमा गाभिनुअघि मनाङको तिब्बतसँग नाका जोडिएको उत्तरी मनाङ हाल नार्पाभूमि गाउँपालिकाको पूmको क्याङछिमीमा तिब्बतबाट च्याङ्ग्रा र नुन ल्याएर तिब्बतीहरुले नेपालीलाई बेच्ने र नेपालबाट खाद्यन्न खरिद गरेर लैजाने गरेको प्रसङ्ग जानकारी गराएका थिए । साथै उक्त नाका पुन खुल्ला गरी दिन चीन सरकारसमक्ष आग्रह समेत गरेका थिए । 

चाइनिज राजदूत यु होङद्वारा चीन सरकारतर्पmबाट मनाङमा एउटा सुविधा सम्पन्न अस्पताल बनाउन चीन सरकारको निर्णय भईसकेको जनाइएको थियो । गगन थापा स्वास्थ्यमन्त्री हुँदा चीन सरकारको मनाङमा अस्पताल निर्माण गर्ने विषयमा एउटा सहमति पनि भएको थियो । त्यसपछि चिनियाँ प्राविधिक टोलीले मनाङको सदरमुकाम चामेमा अस्पताल निर्माणका लागि सम्भाव्यताको अध्ययन गर्न स्थलगत अवलोकन भ्रमण समेत गरिसकेको थियो । 

 चीन सरकारको त्यहि निर्णयअनुसार यति बेला नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले मनाङमा ३५ करोड लागतमा अस्पताल बनाइदिने प्रतिबद्धताको ढिलै भए पनि कार्यान्वयको प्रकृया अगाडि बढाएकोमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले चीन सरकालाई धन्यवाद दिएका थिए । 

 चिनिया विदेश मन्त्री वाङको भ्रमणका क्रममा सहयोग सम्झौता पत्रमा नेपालका तर्फबाट नेपाल सरकारका अर्थ सचिव र चाइना डेभलपमेन्ट को–अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेपछि अब मनाङमा एउटा सुविधा सम्पन्न अस्पताल बन्ने पक्का भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *