महालक्ष्मी विकास बैँकको १७.८९ प्रतिशत लाभांश घोषणा

असोज २३, काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले गत आर्थिक वर्ष २०७५÷७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको छ । 

सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको गत असोज १६ गते बसेको बैठकले संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९∞ नगद लाभांश र ८प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने छ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. ३२ अर्ब ५६ करोड निक्षेप संकलन गरी  रु. २८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *