दशैंको दिनहरुमा एन आई सी एशिया बैंकका यी शाखाहरु सुचारु रहन्छन्
असोज १६, काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहने छन् । जस अनुसार १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोटका शाखा कार्यालयहरु खुल्ला रहनेछन् । यसैगरी काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।
यसैगरी १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली शाखा खुल्ला रहनेछन् । काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहनेछन् ।
२० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगाैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् । भने, २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहने बैंकले जनाएको छ ।
खुल्ला रहने उपरोक्त शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने समेत बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६७ एटिएम, ८२ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।