जनकपुरमा गोली चल्दा एकको मृत्युः गोली हान्ने पक्राउ
मकालु खबर
२०७६ कार्तिक ६ गते
कार्तिक ६, जनकपुर । बुधबार बिहान जनकपुरमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानरपालिका –१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली चल्दा गोली चल्दा ४० वर्षीय मनोज साहको मृत्यु भएको हो । उनलाई गोली प्रहार गर्ने स्थानिय शंकर चौधरीलाई पक्राउ गरि सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
मृतक साहको शव हाल जनकपुर अस्पतालमा राखिएको छ । शाहलाई किन गोली प्रहार गरियो कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित