राष्ट्रपति सी जिन पिङ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा, राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीले विशेष स्वागत सम्मान गर्ने

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । सी जिन पिङ चाइना एयरको विशेष विमानमा आएका हुन् । 

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको अति विशिष्ठ कक्षमा स्वागत सम्मान गर्नेछिन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीमण्डल र विशिष्ठ ब्यक्तित्वले स्वागत सम्मान गर्ने कार्यक्रम छ ।   

चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागतका लागि राजधानीलाई विशेष रुपमा सजाईएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि उनी बस्ने सोल्टी होटलसम्मको दुरीलाई भब्य बनाइएको छ । यसका साथै राष्ट्रपति विद्यादेवी भण्डारी निवाससम्म पनि भब्य रुपमा सजाईएको छ ।   

null

सी जिन पिङको भ्रमणमा देशको विमान तालिका तथा सडक आवागमन ठप्प पारिएको छ । एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर हुँदै सोल्टीमोडसम्मको रोडमा सर्वसाधारणलाई आवतजावतमा समेत रोक लगाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *