सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त


कार्तिक ३, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको २०७६ साल कात्तिक १ गते बसेको संचालक समितिको ३१६ औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब २० वर्षदेखि बैंकिङ्ग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरिसकेका छन् । शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत उमंग शर्माले जानकारी दिए ।
