प्रचण्डलाई बाबुरामको प्रश्नः तपाईंको ओरिजिनल र डुप्लीकेट अवतार कसरी चिन्ने ?

कात्तिक, ९ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले तपाईंको ओरिजिनल र डुप्लीकेट अवतार कसरी चिन्ने ? भन्दै प्रश्न गरेका छन् ।  

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष भट्टराईले प्रचण्डलाई ‘कुनै दिन तपाईंले आफूलाई ओरिजिनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला’ भन्दै कटाक्षसमेत गरेका छन् ।   

शुक्रबार मोरङको विराटनगरमा आयोजित कार्यक्रममा मदन भण्डारीसँग आफूलाई तुलना गर्दै आफू ओरिजिनल कम्युनिष्ट नभएको अभिव्यक्ति दिएका प्रचण्डलाई डा.भट्टराईले पुष्पलाल ओरिजिनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन भन्दै व्यंग्य गरेका छन् ।   

उनले लगातार दुई ओटा ट्वीट गर्दै लेखेका छन् ‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्नः तपाईँ ओरिजिनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो ? यो तालले त कुनै दिन तपाईँले आफूलाई ओरिजिनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला ! किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो !’ 

लगत्तै फेरि उनले अर्को ट्वीट गरेका छन् । ट्वीटमा भनेका छन् ‘पुष्पलाल ओरिजनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन ! आखिर तपाईँको ओरिजिनल र डुप्लीकेट अवतार कसरी चिन्ने ? अनि आफूलाई  चौमको मदन भण्डारी पनि भन्न भ्याउनुभएछ ! पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि ? यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?’ 

बाबुरामले ट्वीटरमा पोस्ट्याएको यो ट्वीट अहिले भाइरल भइरहेको छ ।   

बाबुरामको ट्वीट यस्तो छ ।   

               

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *