राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सर्वसाधारणलाई एक दिन दसैंको टीका कार्यक्रम

असोज १७, काठमाडौँ । यस वर्षको बडादशैँको टिका राष्ट्रपति र प्रधानमन्त्री दुवैले लगाई दिने भएका छन् । 

बडादशैँको टिका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले आफू कहाँ टिका थाप्न आउने सबैलाई लगाई दिने तय भएको हो ।   

राष्ट्रपति कार्यालयका सहसचिव शिव भट्टराईले जानकारी  दिए अनुसार राष्ट्रपति भण्डारीले  यस वर्षको साइतको टिका असोज २१ गते १०ः३५ बजेको समयमा परिवारसँग लगाएपछी  दिउँसो १ देखि २ बजेसम्म संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाइदिने र २ बजेपछि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । स्रोतका अनुसार राष्ट्रपतिको एक दिनको लागि मात्र टिकाको कार्यक्रम रहेको छ ।   

त्यसैगरी  प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले पनि साइतको टिका परिवारसँग लगाएपछी प्रधानमन्त्री निवास बालुवाटार पुग्ने सबैलाई एक दिनको लागि टिका लगाई दिने भएका छन् ।  स्वास्थ्य समस्याकाे  कारणले चिकित्सकले प्रधानमन्त्रीलाई टीकाको कार्यक्रममा नगर्न आग्रह गर्दा  भन्दा पनि एक दिनको लागि भएपछी आफू काँहा टिका लगाउन आउने सबैलाई प्रधानमन्त्रीले टिका लगाइ दिन लागेका हुन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *