ओली, प्रचण्ड र देउवाबीच के को विषयमा छलफल भयो ?
फाेटाे फाइल
कार्तिक ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुरबीत भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका साथै द्वन्द्वकालिन मुद्दाहरुलाई छिटो टुंग्याउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको बताईएको छ ।
भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको उक्त बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । नेम्वाङका अनुसार बैठकमा बेपत्ता छानबिन तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका बारेमा पनि छलफल भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
उक्त भेटवार्तामा यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले राजीनामा दिएपछी खाली रहेको सभामुख पदका लागि चयन प्रक्रियाका बारेमा पनि छलफल भएको बताईएको छ ।
त्यसैगरी बैठकमा इट्टा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमका बारेमा पनि छलफल भएको छ ।