महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा, ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्

कार्तिक १४, काठमाडौं ।  यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ ।   

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बलात्कारको आरोप लागेका महराविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।   

प्रहरीले अनुसन्धानका सम्पूर्ण प्रमाणहरु सरकारी वकिललाई बुझाइसकेपछि अदालतले सो निर्णय गरेको हो । महरालाई ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भएको बताइएको छ ।   

अब अदालतले महरासँग बयान लिने छ। त्यसपछि थुनछेक बहस सुरु हुने छ। त्यसपछि महरालाई थुनामै राखेर अनुसन्धान गर्ने या रिहा गरेर अनुसन्धान अघि बढाउने भन्नेबारे पक्ष–विपक्षमा बहस हुनेछ ।   

महराले अनुसन्धानका क्रममा ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेको पनि खुल्न आएको छ । पोलिग्राफ टेस्टबाट अभियुक्तले झुट बोलेको छ या छैन भन्ने पत्ता लगाउने गरिन्छ । 

प्रहरीले अनुसन्धानको सिलसिलामा महराको पोलिग्राफ परीक्षण गर्न खोज्दा महराले स्वास्थ्य अवस्था ठीक नभएको बताउँदै परीक्षण गर्न नमानेको बताइएको छ ।   

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि महरा गएको असोज १९ गते पक्राउ परेका थिए ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *