बिजयपुरको बरमा मोतीको भिडियो
कार्तिक १, धरान । धरानबाट प्रकाशन हुने औजार राष्ट्रिय दैनिकका अध्यक्ष मोतिराज सुनुवारद्धारा ल्याईएको बाटोमै भेट भयो बोलको अडियो गीतको म्युजिक भिडियोको छाँयाकन शुरु गरिएको छ ।
बिहिबार धरान १४ विजयपुरस्थित पर्यटकीयस्थल तीनधारे छेऊमा रहेको बरको रूखमुनि सुनुवारको गीतको म्युजिक भिडियोको छायाँकन सुरु गरेको हो । पूर्वेली लोकभाका समेटिएको गीतमा मोतीराज सुनुवार र गोमा कुलुङको स्वर रहेको छ ।
मजदुर नेताका रुपमा चिनिएका सुनुवारको यसअघि ‘सुनमाया’ बोलको गीत यस अघि नै सार्वजनिक भइसकेको छ भने स्थानीय र संसदीय चुनावमा उनले हावा चल्यो सरर‘, एमालेको झण्डा फरर‘बोलको गीत रचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
सुनुवारको बाटोमै भेट भयो गीतको छाँयाकन धरानको बिजयपुरसँगै धनकुटाको राजारानीमा शुक्रबार अर्थात आज छाँयाकन हुँदै गरेको स्थलबाट गायक तथा अध्यक्ष सुनुवारले जानकारी दिए ।
छाँयाकन तथा भिडियो बजारमा ल्याउन समय लाग्ने भएकोले दर्शक श्रोतालाई केही समय भने कुर्नुपर्नै सुनुवारको भनाई छ ।