मन्त्री हेरफेर प्रधानमन्त्रीको निर्णयमा भर पर्नेः प्रचण्ड

कात्तिक १, काठमाडौं । शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताएका छन् । 

उनले शुक्रबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो । उहाँले जे सोच्नुहुन्छ, त्यही हुन्छ ।’ 

तर उनले अहिले बाहिर चर्चा गरिए जस्तो यो यो मन्त्री हटाउने भनेर तय नभएको बताए । प्रचण्डले यो जाने, त्यो आउने भनेर भएको चर्चा भएकाे कुरामा सत्यता नभएको प्रधानमन्त्रीले आफूलाई भनेको बताए । उनले आफू  पार्टी अध्यक्ष भएका कारण सल्लाह भने हुने बताएका छन् ।   

Image result for प्रचण्ड

उनले भने ‘अस्तिमात्रै प्रधानमन्त्री र मेरो बीचमा कुरा हुँदा हामीले कुरै गरेका छैनौँ, मिडियामा जातिबित्तिनै आइरहेको छ भनेर प्रधानमन्त्रीजीले नै मलाई भन्नुभयो’,   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *