जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो
मकालु खबर
२०७६ कार्तिक १ गते
कार्तिक १, टोकियो । जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।
केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ । यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।
अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ । आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ । त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ । एजेन्सी
मकालु खबर
२०७६ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित