अपडेटः पक्राउ परेका ‘भिटेन’लाई थुनामा राख्ने तयारी
कार्तिक ७, काठमाडौँ । गीतमा भएको अश्लील शब्द र साजिक संजालमा पोष्ट गरिएको एक तस्विरका कारण पक्राउ परेका र्यापर तथा गायक ‘भिटेन’लाई थुनामा राख्ने तयारी भएको छ ।
वास्वीक नाम समिर तामाङ भए पनी चर्चित र्यापर ‘भिटेन’को नामले परिचित उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले थुन्ने तयारी गरेको हो ।
‘ हामी यस्तै त हो नि ब्रो’गीतमा भएको अश्लील शब्द र सामाजिक संजालमा पाेष्ट गरिएको एक तस्विरका कारण उनलाई प्रहरीले बिहिबार बिहान जाउलाखेलबाट पक्राउ गरेकाे थियाे । भिटेनले असोज २९ गते आफ्नो फेसबुक अकाउन्टबाट प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर पोष्ट गरेका थिए ।
उनले पोष्ट गरेको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् । उक्त तस्विरलाई १२ सय भन्दा बढी सेयर गरिएको छ भने एक हजार बढीले कमेन्ट गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनलाई बिहीबार दिउँसो मेडिकलका लागि लगिँदैछ।