पैसामा बिकेकै हुन् त रोशनी ? बाबुरामले महरालाई लगाए यस्तो गम्भीर आरोप

असोज १६, काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रोशनी शाहीलाई सभामुख कृष्णबहादुर महराले धम्क्याएर बयान फेर्न लगाएको गम्भीर आरोप लगाएका छन् ।   

बलात्कारको आरोप लागेका महराले पीडित भनिएकी रोशनीलाई फकाएर, धम्क्याएर युटर्न गराएको आरोप लगाएका हुन् ।   

शाहीले आरोप लगाएको २४ घण्टा नबित्दै मिडियामा आएका सभामुखमाथिको आरोप सबै झुटो भएको भन्दै बयान फेरेकी थिइन् । महराको राजीनामा पछि उनले बयान फेरेकी हुन् । अहिले रोशनी स्वयम् महराको बचाउमा लागि परेकी छिन् । उनले बुधबार महरामाथिको आरोपमा सत्यता नभएको भन्दै प्रहरीमा निवेदन समेत पेश गरेकी थिइन् ।   

Image result for बाबुराम

उनले खराब आचरणबारे लेखिएका समाचारहरु शेयर गर्दै दुनियाँलाई के चासो भन्दै प्रश्न समेत गरेकी छिन् । आफूलाई बाध्य पारेर यस्तो बोल्न लगाइएको रोशनीको दाबी छ ।   

रोशनीको बयान फेरिएको प्रसंगमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा महराले उनलाई धम्क्याएर बयान फेर्न लगाएको आरेप लगाएका हुन् ।   

उनले लेखेका छन्, ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर र धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष र लोग्नेले घर निकाला गर्ने ! यो राम–रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म ? यही हो महिला मुक्ति र सांस्कृतिक क्रान्ति, कणहरू ?’ 

यद्यपी रोशनीले भने उनको घटना ब्रेक गर्ने पत्रकारले धम्क्याएर सभामुख विरुद्ध बोल्न लगाएको, एक्कासी कोठामा आएर शरीरमा जथाभावी छोएको आरोप लगाइरहेकी छिन् । त्यस्तै उनले सोधपुछमा प्रहरीले समेत आफूलाई टर्चर दिएको बताउँदै आएकी छिन् ।   

महराको राजीनामा अघि घटनाको जानकारी पाएको प्रहरीले थाहा नपाएझैँ गरेपनि राजीनामापछि भने अनुसन्धान अघि बढाइसकेको छ । कतिपयले भने रोशनीले पैसामा बिकेर बयान फेरेको आरोप लगाइरहेका छन् । यसबारे अनुसन्धान पछि मात्रै खुल्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *