कात्तिक १३ गते पनी भाइटिकाको लागि सार्वजनिक बिदा
मकालु खबर
२०७६ कार्तिक ७ गते
कार्तिक ७, काठमाडौँ । सरकारले कार्तिक १३ गते पनी तिहारको लागि सार्वजनिक बिदा दिने निर्णय गरेको ।
नेवार समुदायले कात्तिक १३ गते बुधबार आफ्नो समुदायले भाइटीका लगाउने भन्दै बिदाकाे माग गरेपछी गृह मन्त्रालयको सिफारिसमा सरकारले बिदाको निर्णय गरेको हो।
नेपाली पात्रो अनुसार भाइटीका कात्तिक १२ गते मंगलबार परे पनी नेवार समुदायको भाइटीका तिथिअनुसार कात्तिक १३ गते पर्ने भएकाले सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो ।
मकालु खबर
२०७६ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित