उपत्यकाबाट बाहिरिए १२ लाख मानिस

असोज १५, काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले चाडपर्वको समयमा बढी भाडा असुल्ने २ सय ३२ जनालाई नियन्त्रणमा लिएको छ ।   

प्रहरीले असोज ५ गतेदेखि आजसम्म गरी यात्रुसँग बढी भाडा असुल्ने २ सय ३२ जनालाई नियन्त्रणमा लिएको हो ।   

दशैं मनाउनका लागि विभिन्न जिल्लाका जाने यात्रुहरु टिकट काउन्टरका कर्मचारीबाट ठगिने र टिकटअनुसार सवारी साधन नपाउने समस्या बढेपछि महाशाखाले सादा पोसाकका प्रहरी परिचालन गर्नुका साथै उपत्यकाभित्रका विभिन्न १४ वटा स्थानमा सेवाग्राहीको लागि गुनासो डेस्कसमेत सञ्चालनमा ल्याएको छ ।   

बुधबार मात्र प्रहरीले दक्षिणकाली दर्शन सुमो टिकट काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बढी भाडा लिएको अभियोगमा प्रहरीले रामचन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।   

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा दशैं मनाउन घर फर्कने यात्रुहरुको संख्या समेत बढेको छ । गत असोज ५ गतेदेखि १४ गतेसम्म उपत्यकाबाट करिब करिब ११ लाख ९१ हजार ९८८ मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै यो अवधिमा उपत्यकाबाट १ लाख ३७ हजार ८६ वटा सवारीसाधन बाहिरिएको छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *