रौतहटमा गोली हानी एक युवकको हत्या

असोज २६, रौतहट । रौतहटमा गोली हानी युवकको हत्या भएको छ ।   

रौतहटको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अज्ञात समुहले अन्दाजी २२–२३ वर्षीय युवकको गोली हानी हत्या गरेको हो । मृतक युवकको सनाखत भइसकेको छैन ।   

भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेका थिए । उनीहरुले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।   

Image result for गोली हानी

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।   

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *