पेप्सी कम्पनीका कामदार आज बिहानैदेखि आन्दोलित

असोज १७, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रा.लि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले शुक्रबार बिहानदेखि धर्ना दिएका छन् ।   

विभिन्न नौ बुँदे मागसहित विगत छ महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत कामदारले उद्योग पक्षबाट माग सुनुवाइ नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका हुन् ।   

पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक रमेश गौतमले बताए ।   

null

सो उद्योग बहुराष्ट्रिय कम्पनी पेप्सीको  एक शाखा उद्योगको रुपमा रहेको छ । काठमाडौँ पेप्सीकोलापछिको पेप्सी कम्पनीको  दोस्रो  उद्योगको रुपमा बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) यस स्थानमा रहेको छ ।   

श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले चरणबद्ध आन्दोलन गर्दै आए पनि उद्योग पक्षले आफ्ना मागहरुप्रति बेवास्ता गरेको भन्दै पुनःआन्दोलनमा उत्रिएको संयोजक गौतमको भनाइ छ । चरणबद्ध आन्दोलन गर्दै आएका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् ।   

नियुक्तिपत्रबिनै काममा राखिएको भन्दै दैनिक ज्यालादारी कामदारले  रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तिपत्र दिएर मात्र काममा राख्न कम्पनीसक्षम माग गर्दै आएका छन् ।   

‘विगत पाँच महीनादेखि नै यहाँ कार्यरत हामी दैनिक ज्यालादारीमा कार्यरत श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन गरेको छ  । तर पनि प्रशासनले कामदारको पक्षमा वकालत गरेको छैन’, मजदुर अगुवा हरि भण्डारीले बताए ।   

भण्डारीका अनुसार पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन । दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले कामदार आपूर्ति कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ ।   

निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधँै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका कामदारले माग राखेका छन् । 

उद्योगमा विशेषगरी मजदुरको सङ्ख्या अधिकांश नेपाली छ भने अन्य अधिकांश कर्मचारीको सङ्ख्या भारतीय रहेका छन् । उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत छन् । जसमध्ये करीब ३०० को सङ्ख्यामा दैनिक ज्यालादारीमा काम गर्ने कामदार छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *