प्रहरीकाे गाेली लागी एक जनाको मृत्यु
मकालु खबर
२०७६ कार्तिक १४ गते
कार्तिक १४, कपिलवस्तु । कपिलवस्तुमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ ।
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।
कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेमाथि प्रहरीले गोली चलाएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
मकालु खबर
२०७६ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित