घुस लिन खोज्ने प्रधानाध्याक र उनका सहयोगी पक्राउ
मकालु खबर
२०७६ असोज १४ गते
असोज १४, बुटवल । मंगलबार अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयको टोलीले घुस रकम सहित एक प्रधानाध्यापकसँगै उनका सहयोगीलाई पक्राउ गरेको छ ।
शिक्षक नियुक्तिका लागि घुस रकम लिने क्रममा घुस रकम सहित शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित बाल ज्योति मा।वि।का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनिया पक्राउ परेका हुन् ।
विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गरिदिने भन्दै उनीहरुले घुस रकम लिई रहेको अवस्थामा चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ परेको अख्तियारले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिएका छन् ।
मकालु खबर
२०७६ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित