विप्लव समूहका नगर इञ्चार्ज नेपाली पक्राउ
मकालु खबर
२०७६ असोज १४ गते
असोज १४, काठमाडौँ । सोमबार जिल्ला प्रहरी कार्यालय बाग्लुङले विप्लव समूहका एक नगर इञ्चार्ज लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगर इञ्चार्ज २८ वर्षीय सुदर्शन नेपाली रहेको प्रहरीले जनाएको छ । नेपालीलाई प्रहरीले स्थानिय व्यवसायीलाई डर, धम्की देखाई चन्द असुली गरको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीलाई उनकै घर गल्कोट नगरपालिका–११ मझुवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
हाल पक्राउ परेका नेपालीमाथी छानबिन भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित