बुढानिलकण्ठ नगरपालिकामा प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा विस्तार

कात्तिक ८, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।   

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंक शाखाको उद्घाटन भएको हो । बुढानिलकण्ठमा शाखा सञ्चालनसँगै बैँकको शाखा कार्यालयको संख्या ९७ पुगेको छ । 

बैंकले आफ्ना शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै आगामी दिनहरुमा संभावित स्थानहरुमा शाखा थप गर्दै लैजाने जनाएको छ ।  

null

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने प्रतिबद्धता जनाएको पनि बैंकका नायव महाप्रवन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले विज्ञप्तीमार्फत जनाएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *