कस्तुरी बचतको मुनाफा ३३ लाख

कार्तिक ६, चितवन ।  चितवनको खैरहनी नगरपालिका ८ पर्सामा रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा साँढे २ करोड भन्दा बढीकाे कारोवार गरेको छ । 

 कुल कारोवारबाट करिव ३३ लाख रुपैया खुद नाफा कमाएको सो सहकारीको बुधवार आयोजित चौथो वार्षिक साधारण सभामा जानकारी दिईयो । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रामेश्वर पोखरेलले कुल ४७ लाख ९ हजार आम्दानीमा खर्च र कर कटाएर ३२ लाख ९९ हजार रुपैया नाफा गरेको बताए ।  

भावी निति तथा कार्यक्रम अनुसार सो सहकारीले घरघरमै पुगेर बचत संकलन गर्ने पनि जनाएको छ । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष दुतवहादुर गुरुङसहित ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी,चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी सहकारीका अध्यक्ष रामेश्वर पोखेलले सम्मान गरेका थिए ।  

सहकारीमा उत्कृष्ठ वचतकर्ता गर्नेहरु चिरञ्जिवी अर्याल, विनोद नेपाल, तारा खड्का, मेनुका श्रेष्ठ र रामहरी मैनालीलाई सम्मान गरिएको थियो । सो अवसरमा वोल्दै खैरहनीका मेयर चौधरीले कतिपय सहकारीहरु सहकारीको मर्म अनुसार चल्न नसकेको बताए ।  

धेरै सहकारीहरु व्याज मात्रै हेर्छन मेयर चौधरीले भने – सहकारीले लिएका सिद्धान्तमा रहेर संचालन गर्न सहकारी अभियन्ताहरुलाई आग्रह गर्दछु । कार्यक्रममा साथी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हेमन्त कडेंल, उत्तराखण्ड कृषि सहकारी संस्थाका अध्यक्ष टिका अधिकारी, कस्तुरी सहकारीकी महिला विभाग संयोजक लक्ष्मी ढकाल लगायतले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *