वीपी प्रतिष्ठान भित्र जंगली मौरीको टोकाईबाट २ जना घाईते

असोज १९, धरान । खागो अर्थात जंगली मौरीको टोकाईबाट सुनसरीको धरानमा २ जना घाईते भएका छन । आईतबार अपराह्न्न साढे ४ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र प्रतिष्ठानको सुरक्षार्थ रहेको केटीएम सुरक्षा गार्डको कार्यालय छेउमा एक्कासी (खागो) जंगली मौरीले अचानक आक्रमण गर्दा दुई जना घाईते भएका हुन् ।   

घाइते हुनेहरुमा धरान १७ निवासी ४८ बर्षिया मान बहादुर तोलाङी र धरान ११ सयपत्री चौक निवासी २२ बर्षिया खेम राज ढकाल छन । घाईते मध्येका तोलाङी गाई खोज्न जाँदा र ढकाल साँझ टहल्ने क्रममा निस्केको बेला जंगली मौरीको आक्रमणमा परेका हुन् ।   

घाईते दुबै जनालाई कति वटा मौरीले टोकेको हो भन्ने अनुमान नभएपनि उनीहरुलाई टोकेको मौरीको खिल निकाल्न अरुण मगर र दिवस राईले सहयोग गरेका थिए ।  जंगली मौरीले टोकेको केही समयपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *